मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं–१ को चुनावी मैदानमा खडा भएका प्रकाशमानद्वारा प्रतिबद्धतापत्र सार्वजनिक



३१ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सोमबार आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । संसदमा छँदा काठमाडौं क्षेत्र नम्बर १ को शीर निहुराउने गरी आफूले कहिल्यै काम नगरेको स्पष्ट गर्दै उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा पुनः आफूलाई जिताउन आग्रह गर्दै प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

आफ्नो प्रतिबद्धतापत्रमा सिंहले संघीय तहमा गर्ने काम, प्रदेश तथा स्थानीय तहमा गर्ने काम र समग्र काठमाडौं क्षेत्र नम्बर १ मा गर्ने कामको फेहरिस्त उल्लेख गरिएको छ । देशको विकास, समुन्नति र सुशासनका लागि कांग्रेसको दृष्टिकोण र संविधानले परिकल्पना गरेको समतामूलक लोकतान्त्रिक समाज निर्माण गर्न ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ को मूल नारासहित राष्ट्रलाई निकास र क्षेत्रको समग्र विकास गर्ने प्रतिबद्धतासहित चुनावी मैदानमा आएको उनको भनाइ छ ।

काठमाडौं क्षेत्र नम्बर १ मा सिंहभन्दा पहिले राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले पनि आफ्नो एजेण्डा सार्वजनिक गरेका छन् । तर, अन्य उम्मेदवारले भने प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेका छैनन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ४ : ०५ बजे