मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपतिसमक्ष ७ आयोगको वार्षिक प्रतिवेदन पेश




३१ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न ७ आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेका छन् । नेपालको संविधानको धारा २९४ बमोजिम आयोगहरूले राष्ट्रपतिसमक्ष २०७८–०७९ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिवेदन पेश गर्नेमा मधेसी आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय समावेशी आयोग, राष्ट्रिय महिला आयोग र मुस्लिम आयोग रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ५ : १४ बजे