मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा मंगलबार सार्वजनिक बिदा



३१ असोज, काठमाडौं । सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोलि मंगलबार सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा १ कार्तिक मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ५ : २१ बजे