मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवौं राष्ट्रिय खेलकुद : महिला म्याराथनमा बिन्द्राले जितिन् स्वर्ण



१ कात्तिक, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला म्याराथनको स्वर्ण विभागीय टोली एपीएफ क्लबकी बिन्द्रा धनशेसरी श्रेष्ठले जितेकी छन् ।

पोखरा रंगशालामा मंगलबार बिहान सम्पन्न म्याराथनमा बिन्द्राले निर्धारित दुरी २ घण्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । उनले म्याराथनमा प्रतिस्पर्धा गरेको पहिलो पटकमै स्वर्ण जित्न सफल भएकी हुन् ।

उनले यसअघि मध्यम दूरीमा प्रतिस्पर्था गर्दै आएकी थिइन् । आर्मीकी विश्वरुपा बुढाले ३ घण्टा ००:३५ सेकेन्डमा दूरा पूरा गर्दै जरत जितिन् । पुलिसकी रेखा बिष्टले ३ घण्टा ०१:३५ सेकेन्ड समय निकाल्दै कास्य जितिन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ११ : ५२ बजे