मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पौडीमा आर्मीका नासीर र दुवानाको कीर्तिमान, भन्छन ‘हारलाई शक्ति बनाउँदा सफल भए’



१ कात्तिक, काठमाडौं । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मी क्लबका खेलाडी सोम कुमालले कीर्तिमान सहित स्वर्ण जिते । राष्ट्रिय खेलकुदमा जितेको स्वर्ण उनले आफैलाई समर्पित गरे । आफूले गरेको मेहनतले नै आज यो स्थानमा आएको बताउँदै उनले स्वर्ण आफूलाई नै समर्पण गर्ने बताए ।

यसअघि पनि उनले आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका थिए । यो पटक भने उनका लागि कीर्तिमानी स्वर्ण रह्यो । उनले आफ्नै नाममा रहेको ह्यान्ड टाइमिङको कीर्तिमान तोडेका हुन् । सोमले सन् २०१६ मा काठमाडौंमा भएको प्रतियोगितामा ४८.२० को ह्यान्ड टाइमिङ कीर्तिमानमा सुधार गरेका हुन् ।

नयाँ कीर्तिमान बन्दा आफूलाई खुसी लागेको बताए । आफू जहिले पनि नयाँ कीर्तिमानका लागि आतुर हुने बताउँदै आजको खेलअघि पनि आफूले त्यसैलाई ध्यानमा राखेर खेलेको बताए । ‘नयाँ कीर्तिमान बन्दा आफूलाई धरै खुसी लागेको छ । हरेक पटक नयाँ कीर्तिमानको खोजीमा हुन्छु । आजको खेल अघि पनि नयाँ कीर्तिमान बन्छ भन्ने भएको थियो,’ सोमले भने ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ११ : ५२ बजे