मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा




१ कात्तिक, काठमाडौं ।
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर विक्री गर्ने भएको छ । कम्पनीले २ हजार २५४ कित्ता संस्थापक सेयर कात्तिक १ गतेदेखि लिलामीमार्फत विक्री गर्ने जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार पहिलो प्राथमिकता कम्पनीका संस्थापक सेयरधनीहरुलाई दिनु पर्ने भएकाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ढल्केबर, धनुषामा आईपुग्ने गरी निवेदन दिनुपर्नेछ ।

सेयरधनीले सेयरको मूल्य प्रतिकित्ता रू ५०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य तोकि बोलपत्र पेस गर्न सक्नेछन् । सेयर खरिदका लागि आवेदन पेस गर्दा न्यूनतम १० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ११ : ५६ बजे