मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सार्वजनिक सडक मिचेको आरोपमा गायिकामाथि कुटपिट




१ कात्तिक, काठमाडौं । ललितपुरको टिकाथलीमा गायिका बुनु उप्रेतीमाथि कुटपिट भएको छ । सार्वजनिक सडक मिचेको आरोपमा स्थानीयले उनलाई कुटपिट गरेका हुन् ।

महालक्ष्मी नगरपालिका–६ स्थित टिकाथलीमा आफ्नो घर अगाडीको सडकमा गायिका उप्रेतीले गमला राखेकी थिइन् । सडक मिचेर गमला राखेको भन्दै स्थानीयले वडा र प्रहरी वृत सातदोवाटोमा निवेदन दिएका थिए । सो विषयमा विवाद हुँदा स्थानीयले उनलाई आक्रमण गरेका हुन् ।

कुटपिट गर्नेहरु र पीडित गायिकाको बीचमा छलफल गराउने प्रयास गरिएपनि सोमबार उनी उपस्थित नभएको प्रहरी वृत सातदोवाटोका डिएसपी मदन केसीले बताए । उनले भने–‘अर्को पक्षले हामीकहाँ निवेदन दिएका छन्, पीडित पक्षलाई हामीले सम्पर्कमा आउन भनेका छौं ।’ गायिका उप्रेतीले गमला राख्न बाटोमा बनाएको संरचना वडा कार्यालयले भत्काएको स्थानीयहरु बताउँछन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १२ : ४१ बजे