मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सल्यानमा अरिङ्गालले टोकेर आमा–छोरीको मृत्यु




१ कात्तिक, काठमाडौं । सल्यानमा अरिङ्गालले टोकेर आमा–छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको सिद्ध कुमाख गाउँपालिका–१ की २१ बर्षीया शोभा बस्नेत बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ति बुढाथोकी रहेको सल्यान प्रहरीले जानकारी गराएको छ ।

उनीहरु धान काट्न खेतमा गएका थिए । काटेर साँझ घर फर्किने क्रममा अरिङ्गालले टोकेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी सन्तोष खनालले श्रीनगर स्थित परोपकार हस्पिटलमा सामान्य उपचारपछि कोहलपुर लैजाँदै गर्दा छोरीको बाटोमा मृत्यु भएको बताए ।

शोभाको मंगलबार बिहान कोहलपुर मेडिकल कलेजमा मृत्यू भएको हो। अरिङ्गालले टोकेर घाइते भएका २१ वर्षीया नवीन बस्नेतको भने उपचार भइरहेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १२ : ४४ बजे