मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निगमद्वारा कोषलाई तिर्नुपर्ने ऋणको ७३ करोड ९ लाख रुपैयाँ किस्ता भुक्तानी




१ कात्तिक, काठमाडौं ।
नेपाल एयरलाइन्सले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको ७३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ ।


निगमले जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिदको सावाँ र ब्याज वापतको ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ र नागरिक लगानी कोषको हकमा पनि वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको २० करोड रुपैयाँ गरी जम्मा ७३ करोड ९ लाख ५५ हजार २८१ किस्ता वापतको रकम भुक्तानी गरेको सहप्रवक्ता गणेश कुमार घिमिरेले जानकारी दिए ।

विगत तीन वर्षदेखि विविध कारणले संचयकोष तथा नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी गर्न नसक्ने अवस्था रहेकामा निगमको सुधारबाट आम्दानीमा बृद्धि भएपछि किस्ता तिर्न सकिएको निगमको भनाइ छ । साउन ३१ गते पछिल्लो भुक्तानीअघि असार ३० गते पनि निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता वापतको १ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १ : ५० बजे