मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप १ जनाको मृत्यु, १७ सय बढीमा डेंगु संक्रमण




१ कात्तिक, काठमाडौं । देशभर थप १ हजार ७१४ जना डेंगु रोगी थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४१ हजार ७४३ जना सम्भावित डेंगु रोगी देखिएको विवरण प्राप्त भएको हो ।

त्यस्तै, थप १ जना डेंगु रोगीको पनि मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ । २०७९ साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ४ : ०२ बजे