मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरी नायव निरीक्षक दिनेश पराजुली सम्मानित




१ कात्तिक, काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) दिनेश पराजुली सम्मानित भएका छन् ।

६७ औं प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयकी डिआईजी किरण बज्रचार्यले उनलाई पुरस्कार प्रदान गरेकी हुन् ।

प्रहरीको पेशागत मर्यादालाई आत्मसात् गरेर उनले व्यावसायिकता प्रदर्शन गरेर ‘उत्कृष्ट कार्यालय व्यवस्थापन’ गरेको हुनाले पुरस्कृत गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । हेटौंडास्थित बागमती प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा डिआईजी बज्रचार्यले उनलाई ‘उत्कृष्ट व्यवस्थापक’ पुरस्कार प्रदान गरेकी हुन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ४ : ०५ बजे