मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

८०० मिटर दौडमा सोमबहादुर र फुलमतीले जिते स्वर्ण



२ कात्तिक,काठमान्डौँ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ८ सय मिटर दौडमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमालले र महिलातर्फ एपीएफकी फुलमती रानाले स्वर्ण पदक जितेका छन् । उनीहरु दुवैको व्यक्तिगत तर्फ यो दोस्रो स्वर्ण पदक हो । यसअघि सोमबहादुरले ४०० मिटर दौडमा स्वर्णपदक जितेका थिए । यसैगरी फुलमतीले १५०० मिटर लौडमा पनि स्वर्णपदक जितेकी थिइन् ।

पोखरा रंगशालामा बुधबार फुलमतीले निर्धारित दुरी २ मिनेट २७।३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । महिलातर्फको यस स्पर्धामा त्रिभुवन आर्मीकी सरस्वती भट्टराईले २ मिनेट २७।५० सेकेन्डसहित रजत जितिन् । आर्मीकै रेखा लिम्बुले २ मिनेट ३०।४८ सेकेन्डमा दौड पूरा गर्दै कास्य जितिन् ।


यसैगरी पुरुषतर्फ ८ सय मिटर दौड १ मिनेट ५४।०८ सेकेन्डमा पूरा गर्दै सोमबहादुरले स्वर्ण जिते । यस स्पर्धामा नेपाल पुलिस क्लबका तेज बहादुर कार्कीले १ मिनेट ५५।२१ सेकेन्ड टाइमिङ निकाल्दै रजत जिते । आर्मीका सुनिल सुनारले १ मिनेट ५५।५२ सेकेन्ड टाइमिङ सहित कास्य जिते । ८ सय मिटर पुरुष दौडमा राष्ट्रिय कीर्तिमान सोमबहादुरकै नाममा छ । उनले सन् २०१८ को जाकार्ता एसियन गेम्समा १ मिनेट ५०।२५ सेकेण्डको कीर्तिमान बनाएका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ११ : ३५ बजे