मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं महानगरभित्रका व्यवसाय ३० दिनभित्र दर्ता गर्न निर्देशन



२ कार्तिक ,काठमान्डौँ । काठमाडौं महानगरपालिकाभित्र सञ्चालित व्यापार व्यवसाय ३० दिनभित्र दर्ता गर्नुपर्ने भएको छ । महानगरपालिकाको राजश्व विभागले सार्वजनिक सूचना जारी गरेर दर्ता गर्न भनेको हो ।

महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीले संघ र प्रदेश सरकारबाट इजाजत लिएको तर महानगरबाट अनुमति नलिइएको पाइएको सूचनामा उल्लेख छ ।

महानगरले नजिकको वडा कार्यालयमा गएर व्यवसाय दर्ता भनेको छ । महानगरमा दर्ता नगराइ व्यवसाय सञ्चालन गरेमा बन्द गरी जरिवानासमेत असुल गर्ने चेतावनी महानगरले दिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ११ : ३९ बजे