मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनचाँदीको मूल्यमा सामान्य गिरावट



२ कार्तिक , काठमान्डौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको भाउ तोक्दै कारोबार मूल्य हिजो मंगलबारको तुलनामा घटेको जानकारी दिएको हो ।

हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ थियो । जुन, आज तोलामा २०० रुपैयाँले घटेको हो । मूल्यमा गिरावट आएसँगै छापावाल सुनको मूल्य तोलामा ९३ हजार २०० र तेजावी सुनको मूल्य ९२ हजार ७०० रुपैयाँ छ ।

यसैगरी, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर कारोबार भइरहेको जनाएको छ । जसअनुसार, आज प्रतितोला ११ सय ७५ रुपैयाँ कायम छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ११ : ४९ बजे