मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य राज्यमन्त्री केसीलाई डेंगु संक्रमण, अस्पताल भर्ना



२ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु संक्रमण पुष्टि भएको छ ।

डेंगु संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन् । गत शुक्रवार सामान्य ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि केसीले डेंगु परीक्षण गराएका थिए ।

केसीको स्वास्थ्य अवस्था सामान्य रहेको उनका प्रमुख सचिव अमित शर्माले जानकारी दिए । राज्यमन्त्री केसीलाई शरीर गल्ने, टाउको दुख्ने, कमजोर महसुस हुने समस्या देखिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १२ : १९ बजे