मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली मूलकी परिजिता अमेरिकी संस्करणको द भ्वाइसको नकआउटमा प्रवेश



काठमाडौं । ब्याटल राउन्डमा जित निकाल्दै नेपाली मूलकी परिजिता बाँस्तोला अमेरिकी संस्करणको द भ्वाइसको नकआउट चरणमा प्रवेश गरेकी छन् । नेपाली समयानुसार बुधबार बिहान भएको प्रतिस्पर्धामा उनले अन्य दुई प्रतिस्पर्धीलाई समेत हराइन् । कोच जोन लिजेन्डको समूहबाट नकआउट चरणका लागि परिजिता र मेरिलाइन्डबीच प्रतिस्पर्धा भएको थियो ।

कोच जोनले ब्याटलको लागि ‘हाउ डीप इज योर लभ’ गीत गाउन सुझाएका थिए । उक्त गीत गाएर चारैजना कोचलाई परिजिताले मन्त्रमुग्ध बनाएकी थिइन् ।

जोनसहित चारैजना कोचले नकआउट चरणका लागि परिजितालाई रोजेका थिए । सानो उमेरमा उनले यति गम्भीर गीतलाई समधुर र सहज ढंगले गाएको भन्दै कोचले प्रशंसा गरेका थिए । परिजिता परिवारसहित अमेरिकामा बस्दै आएकी छन् । १७ वर्षीया यी किशोरीलाई नेपाली समुदायबाट पनि समर्थन मिलिरहेको छ । यता द भ्वाइसको नेपाली संस्करणमा पनि ब्याटल राउण्ड चलिरहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १२ : २६ बजे