मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु




२ कात्तिक, काठमाडौं । रौतहटको फतुवा बिजयपुर नगरपालिका–११ हिमाली बासमा हिजो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७३ वर्षीया गौरी मैनाली रहेकी छिन् ।

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बीरगञ्जस्थित नेशनल मेडिकलमा साँझ ६ बजे मृत्यु भएको हो । मेरिगोल्ड बोर्डिङ स्कुलको ना ३ ख २४४९ नम्बरको बसले पैदल हिँडिरहेकी उनलाई हिजो अपरान्ह साढे ४ बजे ठक्कर दिएको थियो।

बससहित चालकलाई प्रहरी चौकी दुधिअवा रौतहटले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १२ : ३० बजे