मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुक्रबारदेखि हलमा ‘२ नम्बरी’ को नयाँ भर्सन



काठमान्डौँ । गत असोज २१ बाट रिलिज भएको फिल्म हो ‘२ नम्बरी’ । बक्स अफिसमा राम्रो व्यवसाय गरिरहेको फिल्म शुक्रबारदेखि नयाँ भर्सनमा हेर्न आउने भएको छ । निर्माण युनिटले २ घन्टा ७ मिनेटको फिल्मलाई ५ मिनेट भन्दा बढी काँटछाँट गरेको फेरि रिलिज गर्न लागेको हो ।

निर्माता नेपालीले फिल्मको साउन्ड र सिन समेत काँटछाँट गरेर नयाँ भर्सनमा ल्याउन लागेको जानकारी दिए । अहिलेसम्मको प्रदर्शनबाट नाफामा गैसकेका फिल्मको तिहारमा समेत राम्रो ब्यवसाय गराउन निर्माण युनिटले नयाँ तरिकाबाट फिल्म ल्याउन लागेको हो ।

दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङको मुख्य भूमिका छ । काँटछाँटपछि फिल्म दर्शकले अझै रुचाउने विश्वास रहेको निर्माता नेपालीले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १२ : ४३ बजे