मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तनहुँमा सिंगुसले चिल्दा १ जनाको मृत्यु, ६ जना घाइते



२ कात्तिक, काठमान्डौँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरे नजिक सिंगुसले चिल्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा व्यास नगरपालिका–११ निवासी ६७ वर्षीय गंगाप्रसाद सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड़काले जानकारी दिए ।

शरीरभरि सिंगुसले टोकेर सख्त घाइते भएका सुवेदीको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।सिमलको रुखमा रहेको सिंगुसले चिल्दा अरु ६ जना घाइते भएका छन् । घाइतेको दमौली अस्पतालमा उपचार भैरहेको छ ।मृतक सुवेदीलाई दुई सय भन्दा बढी सिंगुसले टोकेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १ : ३९ बजे