मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेमकिपाका देशभर ४ सय ५८ जना उम्मेदवार चुनावी मैदानमा




२ कात्तिक, काठमाडौं ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टीले प्रत्यक्ष र समानुपातिक गरी ४ सय ५८ जना उम्मेदवार मैदानमा उतारेको छ । यो दलको तर्फबाट देशमा ७७ जिल्लामध्ये ५८ जिल्लामा उम्मेदवारी दिइएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ९ जना उम्मेदवार उठाएको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फ ९० जना उम्मेदवार उठाएको छ । यसरी प्रतिनिधिसभामा मात्रै नेमकिपाले १ सय ९९ जना उम्मेदवार खडा गरेको नेमकिपाका सचिव प्रेम सुवालले जानकारी दिए । प्रदेशसभा तर्फ सबै प्रदेशमा गरेर समानुपातिकतर्फ १ सय ३७ जना उम्मेदवार रहेका छन् भने प्रत्यक्षतर्फ १ सय २४ जना उम्मेदवार उठाएको छ । प्रदेशसभामा नेमकिपाले २ सय ५९ जना उम्मेदवार उठाएको छ । निर्वाचनमा जितेको आधारमा मात्र राजनीतिक दलको मूल्याङ्कन गर्न नहुने सुवाल बताउँछन् ।

उनले भने– ‘निर्वाचन जित्दैमा दल ठूलो हुने र ठीक हुने भए त ३० वर्षमा नेपाली जनाले यति धेरै दुःख पाउनुपर्ने थिएन । नेपाली जनताहरु अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको कब्जामा पर्नुपर्ने थिएन । चुनाव जित्दैमा मात्रै दल ठूलो हुने हैन, हामीले सबै क्षेत्रमा चुनाव नजितेपनि देशको ठूलो भूभागमा हाम्रो संगठन फैलिएको छ ।’ अघिल्लो निर्वाचनमा नेमकिपाको प्रतिनिधि सभामा १ सिट र बागमती प्रदेशमा २ सिट रहेको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १ : ४८ बजे