मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामेछापको मन्थलीबाट घुससहित खानेपानी कार्यालयका इन्जिनियर पक्राउ




२ कात्तिक, काठमाडौं । रामेछापको मन्थलीबाट खानेपानी तथा सरसफाई डिभिजन नम्बर–४ बागमतीका इन्जिनियरसहित दुई जनालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापा छन् ।

अख्तियारबाट गएको टिमले मन्थलीमा अपरेशन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता ९सहसचिव० श्याम प्रसाद भण्डारीले बताए । आयोगको टोलीले इन्जिनियर सत्याल र प्लम्बरले सेवाग्राहीबाट लिँदै गरेको १६ लाख नगद र १२ लाख बराबरको चेक बरामद गरेको छ । आरोपीहरुले ईन्छिनगाउँ लिफ्ट खानेपानी आयोजनाको उपभोक्ता समितिसँग रकम भुक्तानी दिनुअघि घुस मागेका थिए ।

मन्थली नगरपालिका–१ स्थित खानेपानी कार्यालयसँगै जोडिएको निवासबाट इन्जिनियर र प्लम्बरलाई नियन्त्रणमा लिएर आयोगको टोलीले मुचुल्का तयार गरिरहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  २ : १३ बजे