मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्लाहीमा सहकारी संस्थाका अध्यक्षमाथि गोली प्रहार




२ कात्तिक, काठमाडौं ।
सर्लाहीको बागमती नगरपालिका–१ मा सहकारी संस्थाका अध्यक्षमाथि गोली प्रहार भएको छ ।

मिलनचोकमा रहेको सगुन ऋण तथा सहकारीका अध्यक्ष सिजन कार्कीलाई ३ जनाले गोली प्रहार गरेर भागेको सर्लाहीका एसपी प्रवीण पोखरेलले बताए ।

उनलाई ३ गोली लागेको छ । पाखुरा, तिघ्रा र कोखामा गोली लागेको छ । गोली प्रहार गर्नेहरुको खोजी भइरहेको एसपी पोखरेलले जानकारी दिए । सहकारीको कार्यालयमा बसिरहेको बेला ३ जना आएर गोली हानेर भागेका हुन् ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  २ : १७ बजे