मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिल्लीमा महिलामाथि सामूहिक बलात्कार स् बोराभित्र फेला, गुप्ताङ्गमा फलामको रड



काठमान्डौँ । दिल्लीमा एक महिला सामूहिक बलात्कारको शिकार भएकी छिन् । दिल्ली महिला आयोगले गाजियाबाद पुलिसलाई ३८ वर्षीया महिलाको सामूहिक बलात्कारको सम्बन्धमा नोटिस पठाएको छ । आयोगकी प्रमुख स्वाती मालिवालले यो घटनाले आफूलाई निर्भया बलात्कार प्रकरणको सम्झना गराएको बताएकी छिन् । दिल्ली निवासी पीडित महिला बोरामा फेला परेको आयोगले जनाएको छ । आयोगका अनुसार उनको हात खुट्टा बाँधिएको अवस्थामा फेला परेकी थिइन् भने उनको गुप्ताङ्गमा फलामको रड थियो ।

आयोगका अनुसार ती महिला गाजियाबादमा अटोरिक्शाको प्रतीक्षामा थिइन् । घटना १६ अक्टोबरको हो । ती महिला आफ्नो भाइको जन्मदिनमा सहभागी हुन जान लागेकी थिइन् । सोही समयमा चारजनाले महिलालाई अपहरण गरेर आफ्नो एसयूभीमा लगेका थिए ।

यी चारजनासँगै अर्का एक व्यक्तिले महिलालाई दुई दिनसम्म सामूहिक बलात्कार र यातना दिएको आरोप छ । आयोगका अनुसार ती महिलाको दिल्लीको अस्पतालमा उपचार भइरहेको छ तर उनको अवस्था ‘अत्यन्तै नाजुक’ रहेको छ । महिला आयोगको तर्फबाट गाजियाबादका एसएसपीलाई नोटिस जारी गरी यस मामिलामा गरिएको कारबाही र एफआईआरको प्रतिलिपि र गिरफ्तारीको बारेमा जानकारी माग गरिएको छ । दिल्ली महिला आयोगकी प्रमुख स्वाती मालिवालले यस विषयमा भनिन्, ‘यो धेरै डरलाग्दो र विचलित पार्ने कुरा हो । यसले मलाई निर्भया काण्डको सम्झना गराएको छ । सबै आरोपीहरूलाई चाँडोभन्दा चाँडो पक्राउ गरेर कडा कारवाही गर्नुपर्छ ।’

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  २ : २१ बजे