मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोल्टी होटलले २६ प्रतिशत लाभांश वितरण गर्ने



२ कार्तिक ,काठमान्डौँ । सोल्टी होटलले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई २६.३१५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले ५ प्रतिशत बोनस सेयर र २१.३१५ प्रतिशत नगद गरी उक्त लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले यसका लागि आगामी पुस ७ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस २८ गतेको वार्षिक साधारणसभा सम्पन्न नभएसम्मका लागि गरिने बुक क्लोज अघिसम्म कायम सेयरधनीहरूले मात्रै लाभांश पाउँछन् ।

होटलले आफ्नो चुक्ता पूँजीको २१.३१५ प्रतिशत अर्थात १७ करोड ९६ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । कम्पनीको २४१ औं बोर्ड बैठकले गरेको प्रस्ताव आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  २ : ३४ बजे