मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कलाकार अधिकारीको स्वास्थ्यमा सुधार



काठमान्डौँ । लोकप्रिय हास्य कलाकार रामचन्द्र अधिकारीको स्वास्थ्यमा सुधार आएको छ । १० दिन अगाडि निमोनिया लगायतको समस्याका कारण चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका लागि भर्ना गरिएको उनको स्वास्थ्यमा राम्रो सुधार भएको अधिकारीको श्रीमती शिखा अधिकारीले जानकारी दिइन् ।

दर्शकमाझ ‘काजी साप’ उपनामले परिचित कलाकार अधिकारीलाई सुरुमा आईसियूमा भर्ना गरिएपनि अहिले क्याबिनमा राखिएको छ । ‘अहिले खाना खान थालेका छन् । स्वास्थ्यमा क्रमिक सुधार भैरहेको छ । केही दिनमा अस्पतालले डिस्चार्ज दिनेछ’ उनकी श्रीमती सिखाले भनिन् ।

६८ वर्षीय कलाकार अधिकारी सानो पर्दाका विभिन्न हास्य श्रृंखलामार्फत दर्शकमाझ लोकप्रिय छन् । थुप्रै फिल्ममा समेत अभिनय गरेका उनी ‘मेरी बास्सै’ श्रृंखलाबाट ‘काजी साप’को रुपमा देखिँदै आएका छन् । अधिकारीले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  २ : ३८ बजे