मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युटको भूकम्प



२ कात्तिक, काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्र नेपाल–चीन सीमाना केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ३ बजेर ७ मिनेट जाँदा ५.९ रेक्टरस्केलको भूकम्प गएको हो। केन्द्रका भूकम्पविद् डा.मुकुन्द भट्टराईले भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सिमाना रहेको बताए।

उक्त भूकम्पको धक्का सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, रसुवा, राजधानी काठमाडौँ र धादिङलगायतका स्थानमा महसुस गरिएको थियो।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ४ : ०३ बजे