२ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष टेलिफोन संवाद गर्नका लागि मंगलवार साँझदेखि बुधवार अपरान्हसम्म १ लाख १३ हजारजना भन्दा बढीले नाम र नम्बर टिपाएका छन्।
अध्यक्ष ओलीले चुनावका सन्दर्भमा सर्वसाधारणका सुझाव लिन बुधवार साँझ फेसबुकमार्फत आह्वान गर्दै नाम र नम्बर टिपाउन आग्रह गरेका थिए।
ओलीको इन्बक्समा १ लाख १३ हजार ४७७ जनाले नाम टिपाइसकेको र यसबाट आफू खुशी भएको बताएका छन्।
प्रतिक्रिया