२ कार्तिक ,काठमान्डौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल किसान महासङ्घले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेस र सत्ता गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी गराउन केन्द्रीय परिचालन तथा प्रचारप्रसार समिति गठन गरेको छ ।
महासङ्घले आज सबै तहका निकायलाई परिचालन गर्ने र गठबन्धन दलका भ्रातृ संस्थासँग समन्वय गर्न १५३ सदस्यीय समिति गठन गरिएको अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले जानकारी दिए ।
प्रतिक्रिया