मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुरुष ट्रिपल जम्पमा आर्मीका डिल्लीलाई स्वर्ण



३ कात्तिक, काठमान्डौँ। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको पुरुष ट्रिपल जम्पमा त्रिभुवन आर्मी क्लबका डिल्ली खत्रीले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालमा बिहीबार बिहान १३.९५ मिटर जम्प गर्दै उनले स्वर्ण जितेका हुन् ।नेपाल पुलिस क्लबका चन्द्रदेव जोशीले १३.५५ मिटर जम्प गरेर रजत जितेका छन् ।

यस्तै बागमती प्रदेशका सुदिप महतोले १३.४४ मिटर जम्प गरेर कांस्य पदक जिते ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ११ : १३ बजे