मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिला त्रिपलजम्पमा एपीएफकी शिलाले जितिन् स्वर्ण



३ कात्तिक, काठमान्डौँ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला लङजम्पमा विभागीय टोली एपीएफकी शिला चौधरीले स्वर्ण जितेकी छन् ।

पोखरा रंगशालामा बिहीबार ११.०१ मिटर जम्प गर्दै शिलाले स्वर्ण जितेकी हुन् । यस विधामा केशरी चौधरीको नाममा १२.२० मिटरको कीर्तिमान रहेको छ ।

यस्तै नेपाल पुलिस क्लबकी सीमा चौधरीले १०.७६ मिटर जम्प गर्दै रजत जितिन् भने एपीएफकी रन्जिता राईले ९।९१ मिटर जम्प गर्दै कास्य पदक जितिन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ११ : २० बजे