मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुरुङको निधनप्रति क्रान्तिकारी माओवादीद्वारा दुःख व्यक्त



३ कार्तिक ,काठमान्डौँ । मानवशास्त्री ओम गुरुङको निधनप्रति नेकपा (क्रान्तिकारी माओवादी) ले दुःख व्यक्त गरेको छ । महासचिव मोहन वैद्य ‘किरण’ ले पार्टीको केन्द्रीय सल्लाहकार समितिका संयोजकसमेत रहेका गुरुङको निधनबाट आफूहरू स्तब्ध बनेको बताएका हुन् ।

‘वामपन्थी बौद्धिक व्यक्तित्वको रूपमा स्थापित गुरुङ नेपाली जनवादी तथा कम्युनिस्ट आन्दोलनका एक कर्मठ योद्धा, आदिवासी जनजाति आन्दोलनका एक वरिष्ठ नेता र अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष थिए। उनको निधनले विभिन्न आन्दोलन र क्रान्तिप्रति अपूरणीय क्षति हुन गएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

गुरुङको हरिसिद्धि स्थित नेपाल क्यान्सर अस्पतालमा औषधोपचारको क्रममा असोज ३१ गते ७० वर्षको उमेरमा असामयिक निधन भएको थियो । गुरुङका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ११ : ५० बजे