मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा सामान्य सुधार



३ कार्तिक ,काठमान्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा सामान्य सुधार भएको छ । स्वास्थ्यमा समस्या भएपछि उनलाई गत मंगलबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

‘हिजोको भन्दा आज सामान्य सुधार भएको छ । यद्यपि अस्पतालको आइसियुमै राखिएको छ’ प्रचण्ड निकट एक नेताले भने, ‘सामान्य सुधार भएपनि चिकित्सकको निगरानीमा राख्नुपर्ने भएकाले आइसियुमै राखिएको छ ।

’ सीता दाहाल ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) रोगबाट पीडित छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ११ : ५६ बजे