मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्रोत नखुलेको २० लाख नगदसहित धनुषाबाट २ जना पक्राउ



३ कार्तिक ,काठमान्डौँ । धनुषाको सबैला नगरपालिका–१२ स्थित रघुनाथपुरबाट प्रहरीले श्रोत नखुलेको बीस लाख रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी घर भएका २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरंगप्रसाद गुप्ता छन् ।

आशिष कादमले चलाएको प्रदेश–१–०२–०४६ प ५६३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा २० लाख नगद भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले रातोपाटीलाई बताए । आरोपीहरुले सो नगदको स्रोत खुलाउन सकेका छैनन् ।

प्रहरी चौकी बरमझियाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । आरोपीहरुलाई थप अनुसन्धान र कारवाहीका लागी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग काठमाडौंमा पठाइएको डीएसपी क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १२ : १५ बजे