मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोनाल्ड ट्रम्पले बलात्कारको आरोप लगाउने महिलाको मानहानि मुद्दामा दर्ता



काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मानहानीको मुद्दामा आफ्नो बयान दर्ता गरेका छन् । यो मुद्दा उनीविरुद्ध ई जीन क्यारोलले दायर गरेकी थिइन् । क्यारोलले डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप लगाएकी छिन् । तर ट्रम्पले ती आरोपहरूलाई खारेज गर्दै क्यारोलले झूट बोलेको बताएका छन् । त्यसपछि क्यारोलले उनीविरुद्ध मानहानीको मुद्दा दायर गरिन् ।

ई जीन क्यारोलले सन् १९९० को दशकमा न्युयोर्कको एक लक्जरी डिपार्टमेन्ट स्टोरको ड्रेसिङ रुममा ट्रम्पले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । जीन क्यारोलका वकिलले ट्रम्पको बयानसँग सम्बन्धित जानकारी अहिलेसम्म साझा गरेका छैनन्, तर उनले बुधबार ट्रम्पले आफ्नो बयान दर्ता गरेको भन्ने जानकारी भने दिए । एक बयानमा, डोनाल्ड ट्रम्पका वकिल एलिना हबाले यो मुद्दा ट्रम्पविरुद्धको राजनीतिक षड्यन्त्र भएको बताए ।

यद्यपि, ट्रम्पले आफ्नो बयानमा के भने र उनी व्यक्तिगत रूपमा अदालतमा हाजिर भएका हुन् वा आफ्नो बयान भर्चुअल रूपमा रेकर्ड गरेका हुन् भन्ने अझै स्पष्ट भने भएको छैन । सीएनएनले आफ्नो रिपोर्टमा ट्रम्पले फ्लोरिडास्थित आफ्नो घरबाट उक्त बयान दर्ता गरेको बताएको छ ।

के हो घटना ?

न्युयोर्क म्यागजिनमा ई जीन क्यारोलले सन् २०१९ मा एउटा लेख लेखेकी थिइन् जसमा उनले सन् १९९५ मा ट्रम्पसँगको पहिलो भेटबारे बताएकी थिइन् । दुवैको भेट डिपार्टमेन्ट स्टोरमा भएको थियो । जीन क्यारोलका अनुसार उनले ट्रम्पलाई उपहार लिन मद्दत गरिरहेकी थिइन् र त्यही क्रममा उनी ड्रेसिङ रुममा गइन् । त्यहाँ नै ट्रम्पले उनलाई बलात्कार गरेको आरोप लागेको थियो ।

त्यतिबेला जीन ५२ वर्षकी थिइन् भने ट्रम्प ५० वर्षका थिए । त्यतिबेला ट्रम्पले मार्ला म्यापल्ससँग विवाह गरेका थिए । यद्यपि ट्रम्पले यी आरोपहरूलाई खारेज गर्दै क्यारोलले आफूले लेखेको पुस्तकको बिक्री बढाउन झूट बोलेको बताए । त्यसपछि क्यारोलले ट्रम्पविरुद्ध मानहानीको मुद्दा दायर गरेकी थिइन् । त्यतिबेला ट्रम्प अमेरिकाका राष्ट्रपति थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १२ : २७ बजे