३ कात्तिक, काठमान्डौेँ। नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरामा सम्पन्न पुरुष बास्केटबलमा आयोजक गण्डकी प्रदेश र एपीएफ क्लबले स्वर्ण पदक जितेका छन् । प्रतियोगिताको फाइभ अन फाइभ तर्फ विभागीय टोली एपीएफले स्वर्ण जितेको हो भने थ्री अन थ्री तर्फ आयोजक गण्डकी प्रदेशले ।
फाइभ अन फाइभतर्फ भएको फाइनलमा एपीएफले आयोजक गण्डकीलाई ८१.७९ स्कोरले हरायो र थ्री अन थ्रीमा व्यहोरेको हारको बदला पनि लियो । यसअघि थ्री अन थ्रीमा आयोजक गण्डकीले एपीएफलाई २१. १६ स्कोरले हराएर स्वर्ण जितेको थियो ।
फाइभ अन फाइभतर्फ त्रिभुवन आर्मी क्लबले कांस्य पदक जित्यो । उसले फाइनलमा बागमती प्रदेशलाई ७८. ६० स्कोरले हराएको थियो । थ्री अन थ्रीमा भने बागमती प्रदेशले कांस्य पदक जितेको छ । बागमतीले आर्मीलाई १९.१५ स्कोरले हराएको थियो । गत २८ गतेदेखि पोखरा रंगशालामा सुरुभएको प्रतितोगितामा ३ बिभागीय टोली सहित १० टिमको सहभागिता थियो । खेललाई लिक कम नक आउटको आधारमा खेलाइएको हो ।
प्रतिक्रिया