मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एम्बुलेन्सबाट पटाकासहित भन्सार छलीको सामान बरामद



३ कार्तिक ,काठमान्डौँ । धनुषाको जनकपुर उप–महानगरपालिका वडा नम्बर–१७ कटरैटमा प्रहरीले एम्बुलेन्सबाट भन्सार छलीको सामान बरामद गरेको छ । मे। १ च ३५० नम्बरको एम्बुलेन्सबाट तस्करीको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले रातोपाटीलाई बताए ।

सो एम्बुलेन्स माई भ्याली बचत तथा ऋण सहकारी संस्थाले सञ्चालनमा ल्याएको हो । एम्बुलेन्स चेकजाँच गर्दा १ बोरा पटाका, भन्सार छलीको बदाम, पापड र आल्मोन्ड बरामद गरिएको डिएसपी क्षेत्रीले जानकारी दिए ।

भारतको जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको सो एम्बुलेन्सलाई ईलाका प्रहरी कार्यालय तारापट्टिबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गरेका हुन् । एम्बुलेन्सलाई सामानसहित भन्सार कार्यालय जनकपुरमा पठाइने डीएसपी क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १ : ३१ बजे