मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धार्मिक महोत्सवमा श्रेष्ठले दिए गणेशको मूर्ति र २५ हजार रुपैयाँ



३ कार्तिक ,काठमान्डौँ । सत्ता गठबन्धनको तर्फबाट चितवन २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उमेश श्रेष्ठले बिहीबार कालिका नगरपालिकामा भइरहेको धार्मिक महोत्सवमा सहभागी भई आर्थिक सहयोग गरेका छन् ।

राज्यमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य श्रेष्ठले महोत्सवमा गणेशको मूर्ति र २५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

आर्थिक तथा भौतिक सहयोगको घोषणा गर्दै राज्यमन्त्री श्रेष्ठले कालिकालाई पर्यटकीय क्षेत्र बनाएर यसको विकास गर्नुपर्ने बताए । उनले यस नगरभित्र हरित औद्योगिक क्षेत्र निर्माण गरी रोजगारीका अवसर सिर्जना गरिने पनि बताए । उनले सबै धर्मप्रति आफ्नो समभाव रहेको समेत बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १ : ५२ बजे