मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शाही युवा शक्तिले कात्तिक १९ गते नारायणहिटीमा धर्ना दिने



३ कार्तिक ,काठमान्डौँ । शाही युवा शक्ति नेपालले राजाको गद्दी आरोहणको माग गर्दै नारायणहिटीमा परिक्रमा गरी धर्ना दिने भएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त शक्तिले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा बनाउनका लागि दबाब दिन कार्तिक १९ गते दिउँसो १२ बजे धर्ना कार्यक्रम राखिएको जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय अध्यक्ष पशुपति खड्काले २०७२ सालमा जारी गरिएको संविधानलाई चोरबाटोबाट ल्याइएको दाबी गरे । उनले भने,‘ शाही युवा शक्ति नेपालले सुरुदेखि नै चोरबाट ल्याइएको संविधान, गणतन्त्र, धर्मनिरपेक्षता, लोकतन्त्र खारेज गर्नुपर्छ भन्दै आवाज उठाउँदै आएको छ । जनतालाई रनभुल्लमा पारेर पहिलो संविधानसभाको निर्वाचन गराएर जंगली माओवादीलाई पहिलो पार्टी बनाइयो ।’

उनले वर्षौसम्म नेताहरुको विरोध गर्ने तर चुनाव आएपछि जनताले सबै बिर्सेर तिनै नेताहरुलाई भोट हाल्ने परिपाटी रहेको उल्लेख गर्दै जनताकै कारण देश नै नरहने होकि भन्ने चिन्ता लागेको सुनाए । यसैगरी, शाही युवा शक्ति नेपालका नेता तथा काभ्रेका कोषाध्यक्ष मदनराज थापाले अहिलेका नेता र दलले जनतालाई विखण्डन गरेर खाल्डोमा हालेको दाबी गरे ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  २ : ४२ बजे