मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लागुऔषधसहित २१ जना पक्राउ



काठमाडौं । पर्सा र पोखराबाट लागुऔषध नियन्त्रण ब्यूरोले २१ जनालाई पक्राउ गरेको छ । आरोपीहरुको साथबाट खैरो हेरोइन, गाँजा र नियन्त्रित एम्पुल बरामद गरिएको लागुऔषध नियन्त्रण व्युरोका एसएसपी विकाशराज खनालले रातोपाटीलाई बताए । खैरो हेरोइन ३३ दशमलव ४ ग्रामसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बु घर भएका ग्याल्जेन शेर्पा, इलाम घर भएका दिनेश तामाङ, सिर्जना राई र कृष्ण तामाङ छन् । नुवाकोट घर भएका सरोज राई, सर्लाही घर भएका रन्जित गोले र नुवाकोट घर भएका कृष्णबहादुर राई खैरो हेरोइनसहित पक्राउ परेका छन् । २१ सय ४० पिस लागुऔषध एम्पुलसहित १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा घर भएका सन्दिप दास, दिपुप्रसाद कुशवाहा, उपेन्द्रप्रसाद कुशवाहा, चितवन घर भएका श्रीकृष्ण भण्डारी र मेलिना भण्डारीसहित १० जना छन् ।

१५ किलो ९७१ ग्राम गाँजासहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २३ वर्षका सन्दिप शर्मा उर्फ प्रिसियस स्टार ल्याङखोई, गोरखा घर भएका सचित देवकोटा र काठमाडौं घर भएका ३२ वर्षीय सौरभ सान्डिल छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  २ : ०४ बजे