मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली राजमार्गको पहिरो पन्छाउन सेनाले थाल्यो ब्लास्टिङ



४ कात्तिक, काठमान्डौँ । कर्णाली राजमार्गमा पहिरो जाँदा खसेको ठूला ढुंगा पन्छाउन नेपाली सेनाले ‘ब्लास्टिङ’ थालेको छ ।नाग्मदेखि राचुली खण्डमा खसेको ठूला ढुंगा फुटाउन दुई दिनदेखि ब्लास्टिङ (बम विस्फोट) भइरहेको नेपाली सेनाको नन्दाबक्स गणका गणपति रविन थापाले जानकारी दिए ।

नेपाली सेनाको २४ नम्बर बाहिनीका अनुसार हालसम्म १० वटा ठूला ढुंगा फुटाइएको छ । नन्दा बक्स गणका उपसेनानी ।(क्याप्टन) सन्तोष केसीको नेतृत्वमा ५० जना सैनिक टोली सो क्षेत्रमा खटिएको गणपति थापाले जानकारी दिए ।पहिरो खसेर सडकमा थुप्रिएको ठूलो ढुंगा स्काभेटरले उठाउन नसक्ने भएकाले ब्लास्टिङ गरेर फुटाउनुपरेको हो । डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठका अनुसार पहिरो हटाएपछि भत्किएको सडकको छेउतर्फ पर्खाल लगाउने र जाली भरिनेछ ।

कर्णाली राजमार्गको भत्किएको खण्डमध्ये सबैभन्दा अफ्ठ्यारो खण्ड राचुलीदेखि नाग्मसम्मको हो । यो खण्डको पहिरो हटाएर मर्मत सम्भार गरेपछि एक हप्तामा राजमार्ग सञ्चालनमा आउने श्रेष्ठले बताए । गत असोजको तेस्रो हप्ता आएको वर्षापछि पहिरो खसेर कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा दैनिक उपभोग्य सामग्री र पेट्रोलियम पदार्थ अभाव हुन थालेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  २ : ३८ बजे