मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेले गोरुगाडा सिद्धान्त अपनाउन लागेपछि गठबन्धन बन्योः प्रचण्ड




४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा हुँदा गोरुगाडा सिद्धान्त अपनाउन लागेपछि गठबन्धन बनेको बताएका छन् । शुक्रबार पोखरामा पाँच दलीय गठबन्धनको संयुक्त कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले एमालेले संविधान विपरित संघीय लोकतान्त्रिक व्यवस्थालाई नै धरापमा पार्न लागेपछि गठबन्धन बनेको बताए ।

‘एमालेभित्र जन आन्दोलनताका गोरुगाडा सिद्धान्त बताउँथे । नेकपा हुँदा पनि फेरि गोरुगाडा सिद्धान्त अपनाउन लागेपछि गठबन्धन बन्यो,’ उनले भने, ‘यो गठबन्धन निर्वाचनमा जान मात्र हैन । आर्थिक विकास र समृद्धिका लागि आजको आवश्यकता र प्रतिगमनलाई परास्त गर्न बनेको हो ।’ उनले गठबन्धनका साझा उम्मेदवारलाई हात नकमाइ मतदान गर्न र प्रचार प्रचारमा सरिक हुन निर्देशन दिए । ‘यहाँ कतिपयले एउटा चिन्ह बाहेक अरुतिर भोट हाल्न हात कमाएको पाइयो । यस्तो कदापि होइन ।

माओवादीले शान्ति सम्झौतामा हस्ताक्षर गर्नु नै कांग्रेसको पक्षमा भोट हालेको हो । जतिबेला देशमा विषम परिस्थिति हुन्छ । हामीसँगै हिँड्नुपर्छ । एकले अर्को पार्टीलाई भोट हाल्न न हिचकिचाइ भोट हाल्नुस् ।’ उनले प्रदेशस्तरीय भेला गरेर पाँच दलका शीर्ष नेता सबै एक ठाउँमा भएको सन्देश दिन खोजेको बताए । ‘तपाईंहरु अघि बढ्नुस्, प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारलाई जिताउन लाग्नुस्,’ उनले भने ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ४ : ०२ बजे