मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीलाई अनुचित काम नगर्नुस् भन्दा कामै गर्न दिएनन् भन्दै रोएः माधव नेपाल




४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालमा सवै किसिमका अनुचित काम भएको आरोप लगाएका छन् । शुक्रबार सत्ता गठबन्धनले बुटवलमा गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले भने, ‘जेजति अनुचित काम भएका छन् । ति सवै किसिमका अनुचित काम केपी ओलीका पालामा भएका छन् ।’

उनले आफूले अनुचित काम नगर्नुस् भन्दा ‘मलाई कामै गर्न दिइएन’ भनेर रोएको टिप्पणी गरे । उनले ओलीलाई श्रम लाग्दैन रु भन्दै प्रश्न समेत गरे । उनले गठबन्धनविरुद्ध विरोधीहरुले नानाभाती प्रचार गरिरहेको भन्दै त्यसलाई शसक्त प्रतिवाद गर्न आव्हान समेत गरे ।

‘संघीय चुनावमा समेत प्रतिगमनलाई पराजित गर्नैपर्छ । यही संकल्पका साथ चुनावी मैदानमा उत्रन आहान गर्छु । हामीले पहल नगरेको भए, लोकतन्त्र मासिने, संघीयता समाप्त पर्ने खतरा थियो’, नेपालको भनाइ छ । ओलीविरुद्ध आन्दोलन गरेर निकै ठुलो संकटबाट मुलुकलाई बचाएको भन्दै उनले त्यसरी पहल र अग्रसरता नलिएको भए देश राजनीतिक स्थिरताको दिशामा अघि नबढी अधिनायकवाद, निरंकुश सत्ता हावी हुने अवस्था आउनबाट रोकिएको बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ४ : ०६ बजे