मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मदिरा आयात खोल्न प्रस्ताव गर्ने पर्यटनमन्त्रीविरुद्ध निर्वाचन आयोगमा उजुरी



४ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । व्यापारीबाट प्रभावित भएर मन्त्री श्रेष्ठले प्रतिबन्धित मदिराको आयात निर्वाचन अघि नै खुलाउन लागि परेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले आयोगमा उजुरी दर्ता गराएको हो ।

निर्वाचनको संघारमा आफैं उम्मेदवार र मन्त्री जस्तो पदमा रहेको व्यक्तिले व्यापारीलाई लाभ पुग्नेगरी मदिराको आयात खोल्न लाग्नु निर्वाचन कसुर ऐनको बर्खिलाप भएको मञ्चले दिएको उजुरीमा उल्लेख छ ।

मदिरा आयात खुलाउन मन्त्रिपरिषद्‍मा पर्यटनमन्त्रीको प्रस्ताव ‘मदिरा आयात खोल्न दबाव दिने उम्मेदवार एवम् मन्त्री श्रेष्ठलाई कारबाही गरिनु पर्छ,’ मञ्चले भनेको छ, ‘मंसिरसम्म लम्ब्याइएको आयात प्रतिबन्ध कायमै राखिनु पर्छ ।’ प्रतिबन्धित वस्तुको आयात निर्यातको अनुमति र निर्णय गर्ने निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रहेको भन्दै मन्त्री श्रेष्ठले नेपाल सरकार कार्यविभाजन नियमावली विपरीत भएको पनि मञ्चको आरोप छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ४ : १९ बजे