मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लालसलाम पनि हामी, जय नेपाल पनि हामी, अभिवादन पनि हामी हौंः प्रधानमन्त्री देउवा




४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन बचाउनु अति आवस्यक रहेको बताएका छन् । शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भोलिका दिनमा पनि गठबन्धनकै सरकार बन्ने बताए ।

‘पार्टीले यो गठबन्धन बचाउनु अति आवस्यक छ । यसमा कुनै शंका उपशंका गर्ने ठाउँ दिनुहुँदैन । अझै केही वर्षसम्म नेपालमा समावेशिता, संविधान र गणतन्त्र बचाउन गठबन्धन आवश्यक छ’, देउवाले भने, ‘ गठबन्धनको खिलाफमा एउटा तागत लागिरहेको छ, भन्न थालिसके राजावादी तागत नै राष्ट्रवादी हो रे ।’

उनले हामी को अराष्ट्रवादी छौं यहाँ रु भन्दै प्रश्न समेत गरे । ‘लडेर ल्याउने हामी, अनि हामी नै अराष्ट्रिय हुनसक्छ ? त्यसकारण राजावादी राष्ट्रवादी होइनन् । राष्ट्रवादी पनि हामी हौं, लोकतन्त्रवादी पनि हामी हौं, समाजवादी पनि हामी हौं’, प्रधानमन्त्री देउवाको भनाइ छ । उनले भने, ‘लालसलाम पनि हामी हौं, जय नेपाल पनि हामी हौं ।’ अभिवादन पनि हामी हौं । गठबन्धनलाई कुनैपनि बहानामा शंका उपशंका गराउनहुने र अझै १०, १५ वर्ष टिकाउनपर्ने बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ४ : ४७ बजे