मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बबई नदीमा बेपत्ता २ किशोरी भेटिएनन्, नेपालगञ्जबाट गोताखोर बोलाइँदै



६ कात्तिक, काठमान्डौँ । दाङ तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर नजिकै बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई किशोरी फेला पर्न सकेका छैनन् ।

बबई नदीमा नुहाउने क्रममा शनिबार दिउँसो १ बजे दंगिशरण गाउँपालिका–२ की १४ वर्षीया रमा शाह र सल्यानको दमाचौर गाउँपालिका– १ की १४ वर्षीया गोमा चन्द डुेबर बेपत्ता भएका थिए।

डुबेर बेपत्ता भएको खबर पाएलगत्तै सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खोजी गरेका थिए । तर रात परेपछि उनीहरूको खोजि गर्न नसकिएको र आज (आइतबार) पुन : खोजी गरिने इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिए । उनका अनुसार बबई नदी गहिरो रहेकाले बेपत्ता किशोरीहरुको खोजी कार्यमा कठिनाइ भइरहेको छ । आज आइतबार नेपालगञ्जबाट गोताखोरको टोली बोलाएर किशोरीहरूको खोजी गरिने डिएसपी मल्लले बताए ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ११ : ४० बजे