६ कात्तिक, काठमान्डौँ । बारको सिमरामा ट्रकको ठक्कबाट एक जना मजदुरको मृत्यु भएको छ ।
सिमरास्थित जगदम्बा स्टील्स उद्योगमा कार्यरत करैयामाई गाउँपालकिा ५ का ४० वर्षीय रामसुरत चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए ।
उद्योगभित्र प्रवेश गर्ने क्रममा प्रदेश २ख०३१६ नम्बरको ट्रकले चौधरीलाई ठक्कर दिएको थियो । प्रहरीले ट्रकको ठक्करबाट बेहोस भएका चौधरीलाई उद्धार गरेर वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका लागि पठाएको थियो । अस्पतालका चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको थियो ।
प्रतिक्रिया