मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उच्च तहका भ्रष्टाचार छानविन गर्न ‘जनलोकपाल’ गठन गर्ने बाबुरामको घोषणा





६ कात्तिक, काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको पार्टी नेपाल समाजवादी पार्टी (नेसपा) ले उच्च तहका भ्रष्टाचार छानविन गरी कारवाही गर्न जनलोकपाल गठन गर्ने जनाएको छ । सो पार्टीले आगामी निर्वाचनका लागि तयार पारेको चुनावी घोषणापत्रमै जनलोकपाल गठनको विषय समेटेको हो ।

नेसपा स्रोतका अनुसार सार्वजनकि गर्ने तयारी घोषणापत्रमा ‘सुशासन र सदाचार’ शीर्षकमा समेटेका १० बुँदामध्ये दुई नम्बर बुँदामा जनलोकपाल गठनको विषय उल्लेख छ ।

उच्च तहका भ्रष्टाचारजन्य घटनाहरूको समेत छानबिन गरी कारबाही गर्न अधिकारसम्पन्न जनलोकपाल (पब्लिक अम्बुड्जमन) को गठन गरिनेछ’, नेसपाका घोषणापत्रमा भनिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १ : ११ बजे