मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टी-२० विश्वकप स् आयरल्याण्डमाथि श्रीलंकाको सानदार जित



६ कात्तिक, काठमाडौं । आइसीसी टी-२० विश्वकप क्रिकेटमा आइतबार भएको पहिलो खेलमा श्रीलंकाले आयरल्याण्डमाथि ९ विकेटको फराकिलो जित हात पारेको छ । आयरल्यान्डले दिएको १२९ रनको लक्ष्य श्रीलंकाले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो ।

श्रीलंकालाई जिताउन ओपनर कुशल मेन्डिसले नट आउट ६८ रन बनाए । उनले ४३ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका हुन् । अर्का ओपनर धनञ्जय डी सिल्भा ३१ रनमा क्याच आउट भए । तेस्रो क्रमका ब्याटर चरिथ असलंका ३१ रनमा नट आउ रहे । आयरल्याण्डका ग्रेथ डिनालेले एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो ।

उसका लागि ह्यारी टेक्टरले सर्वाधिक ४५ रन बनाए । उनले ४२ बलमा २ चौका र एक छक्का प्रहार गरे । ओपनर पल स्टर्लिङले ३४ रन बनाए । २५ बल खेल्दै उनले ४ चौका र एक छक्का प्रहार गरे । श्रीलंकाका लागि महेश थाक्सेना र वानिन्डु सिल्भाले सर्वाधिक २ विकेट लिए । यो जितसँगै श्रीलंका समूहको दोश्रो स्थानमा उक्लिएको छ । समान २ अंक भए पनि रन रेटका आधारमा न्युजिल्याण्ड पहिलो र इंग्ल्याण्ड तेश्रो स्थानमा छन् । यो समूहमा अफगानिस्तान, आयरल्याण्ड र अष्ट्रेलियाले कुनै अंक जोड् सकेका छैनन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १ : ४२ बजे