मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने



६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि घोषणापत्र सार्वजनिक गर्दैछ । कांग्रेस सहमहामन्त्री एवं चुनावी घोषणापत्र लेखन समिति सदस्य जीवन परियारका अनुसार आज आइतबार साँझ ५ बजे घोषणापत्र सार्वजनिक गर्ने तय गरएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुले प्रधानमन्त्री निवास वालुवाटारबाट घोषणापत्र सार्वजनिक गर्नेछन् ।

‘डिजिटल्ली घोषणापत्र सार्वजनिक गर्ने तय भएको छ । सभापतिसहितका नेताहरुले वालुवाटारबाट डिजिटल्ली सार्वजनिक गर्नुहुन्छ,’ परियारले भने । तर, लेखन समितिमा रहेकाहरु भने पार्टी कार्यालय सानेपा ललितपुरमा रहनेछन् । उनीहरुले पत्रकारहरुँग घोषणापत्रसँग सम्बन्धित रहेर अन्तरक्रियासमेत गर्नेछन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १ : ५६ बजे