मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाकिस्तानविरुद्ध भारतले पहिलो बलिङ गर्ने



६ कार्तिक ,काठमान्डौँ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को आफ्नो पहिलो खेलमा पाकिस्तान र भारत प्रतिस्पर्धा गर्दैछन् ।

मेलबर्न क्रिकेट मैदानमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् । पाकिस्तानले भारतविरुद्ध केही बेरमा ब्याटिङ थाल्नेछ ।

आजको खेलमा जित निकाल्दै दुबै टोली प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा छन् । भारत र पाकिस्तान बीचको पछिल्लो दुई खेलमा एक–एक जित निकालेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  २ : ३२ बजे